खोटाङ : रुपाकोट मझुवागढी नगरपालिका ८ मा गए राति घरको बरण्डाबाट लडेर १ बृद्धाको मृत्यु भएको छ ।
सोमवार आफन्त मकर बहादुर चौहानको घरमा सप्ताह पुराणमा गएकी खोटाङ साकेला गाउँपालिका ५ बस्ने कृष्ण बहादुर खत्रीको श्रीमती ७७ वर्षीय टिका कुमारी खत्रीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
राती १ बजेको समयमा बाहिर निस्कने क्रममा घरको १ तला माथि बरण्डाबाट लडेर गम्भीर घाइते भएकी बृद्धाको राती २ बजे घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङ र प्रहरी चौकी चिउरीडाँडाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरि शव परिक्षणको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको उक्त कार्यालयले जनाएको छ ।